जातीय विभेद घटनाका आरोपित गिरफ्तार
जातीय विभेद गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका– १ का ३० वर्षीय अशोक शाही, उहाँकी पत्नी २७ वर्षीया सविना शाहीलाई माघ २ गते गिरफ्तार गरेको छ ।
शाही र शाहीको पत्नीले आफूलाई जातीय विभेद गरेको भन्दै रास्कोट नगरपालिका –५ निवासी साझा खबर अनलाइनमा कार्यरत पत्रकार एवम् अधिकारकर्मी ३५ वर्षीय वीर तिरुवाले जातीय विभेद गरेको आरोपमा पुस ८ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनु भएको थियो ।
पीडितलाई आरोपितले पुस ६ गते सार्वजनिक स्थलमा ‘विभेदित शब्द’ प्रयोग गर्दै गाली गर्नुका साथै अपमान गरेको पीडितले आरोप लगाउनु भएको थियो ।
पीडितको निवेदन अनुसार आरोपितहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि जातीय विभेद हुने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गलौज गरेपछि अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको कालिकोटका डीएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई जानकारी गराउनु भएको छ ।
जातीय विभेद तथा दुर्व्यवहार गरेको भन्दै पीडितपक्षबाट जातीय छुवाछुत तथा दुर्व्यवहार सम्बन्धी उजुरी दिनु भएको थियो ।
नेपालको संविधान २०७२ को धारा ४० मा दलितको हक र धारा २४ मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था गरिएको छ ।
यस्तै कसैले जातीय भेदभाव तथा छुवाछुत गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा–१६६ उपदफा (१) अनुसार तीन वर्षसम्म कैद वा ३० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…