जातीय विभेद गर्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
सिमकोट गाउँपालिका-६ का १९ वर्षीय नैनसिंह परियारलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय रूपसिङ रावत र ३० वर्षीय सुशील रोकायालाई प्रहरीले पुस २७ गते गिरफ्तार गरेको छ ।
आफू घरमा रहेको अवस्थामा पुस २७ गते रूपसिङ र सुशीलले दलित भन्दै कुटपिट गरेको नैनसिंहले आरोप लगाएका छन् । रूपसिङ र सुशीलले नैनसिंहलाई कुटपिट गरेको नैनसिंहका बावु वृष परियारले बताए ।
जातीय विभेद गर्दै कुटपिट गरेको घटनाका आरोपितलाई कारबाहीको माग गर्दै पीडित पक्षले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित दुवै जनाका अनुसार आफूले धकेलपकेल मात्र गरेको बताए । यस विषयमा अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका मुद्दा फाँटका प्रमुख धनन्जय न्यौपानेले बताए ।
जिल्ला जनस्वाथ्य कार्यालयमा पीडितको उपचार भइरहेको डा. रञ्जित कुमार यादवले बताए । डाक्टर यादवका अनुसार बिरामीको टाउकोमा गहिरो चोट लागेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका दुई आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…