जातीय विभेद गरेको घटनामा मिलापत्र

  ०७३ मङ्सिर १७ गते

त्रिपुराकोट गाविस-५ का ३८ वर्षीय धनकेसी कामी र ६० वर्षीय नरे कामीलाई जातीय विभेद गरेको आरोपमा त्रिपुराकोट गाविस-५ का ५८ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेपनि मङ्सिर १७ गते दुवै पक्षबिच मिलापत्र गराएको छ ।

घटनाका सम्बन्धमा प्रहरी चौकी त्रिपुराकोटमा भएको छलफलमा आरोपितले पीडित समक्ष गल्ती स्वीकार गरी २३ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिएपछि मङ्सिर १७ गते दुवै पक्षबीच मिलापत्र भएको प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले बताए ।

प्रहरी कार्यालयमा भएको छलफलमा आरोपितले अबदेखि यस्तो गल्ती नदोहोर्‍याउने लिखित प्रतिवद्धता व्यक्त गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूलाई जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्षय समेत रहेका बुढाले मङ्सिर १५ गते साँझ डुम भन्दै गाँउ निकाला गर्ने धम्की दिएको पीडितद्वयले आरोप लगाए ।

घटनाका सम्बन्धमा पीडित पक्षले मङ्सिर १६ गते प्रहरी चौकी त्रिपुराकोटमा उक्त घटनाको सम्बन्धमा कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।


विष्णु देवकोटा