जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार
बागलुङ नपा-१२ अमलाचौर घर भई हाल कुश्मा नपा-६ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय नविन विकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले फलेवास नपा-७ लिमिठाना घर भई हाल कुश्मा नपा-६ मा मिना गिफ्ट सेण्टर व्यवसाय सञ्चालन गरी बस्ने ३९ वर्षीया मिना कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ ।
पीडित बिकलाई आरोपितले पटकपटक जातीय विभेद गरी गालीगलौज र विभेद गर्ने गरेको भन्दै सोही घरमा बस्ने मिना कुँवर विरूद्ध पीडितले असार २४ गते उजुरी दिएका थिए ।
पीडितको उजुरीका आधारमा आरोपित कुँवरलाई गिरफ्तार गरी जातीय छुवाछुत विरूद्ध उजुरी दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका डिएसपी दिलिप घिमिरेले जानकारी दिए ।
आरोपित पक्षले भने जातीय विभेद नभई व्यक्तिगत रिसइवीका कारण उजुरी दर्ता गरेको भन्दै पीडित बिकका विरूद्ध असार २४ गते नै कुटपिट र हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय, पर्वतमा दिएको भएपनि दर्ता नभएको प्रहरीले जनाएको छ ।
पीडित महिलाका पति देवराज कुँवरले नविन बिकलगायतका व्यक्तिहरूले कुटपिट गरेपछि झगडा भएको र झगडाकै विषयलाई जातीय छुवाछुतको आरोप लगाएको बताए ।
कुटपिटबाट शरीरका विभिन्न भागमा चोटपटक लागेकी कुँवरको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतमा स्वास्थ्य परीक्षण पश्चात् हिरासतमा नै औषधि सेवन गर्दै आएकी छिन् ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…