जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद
सार्वजनिक प्रयोजनका लागि बनाएको किरियापुत्री भवनमा दलितलाई निषेध गरिएको आरोपमा जिल्ला अदालत कास्कीले तीन जनालाई जनही एक वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मङसिर १९ गते पोखरा मनपा– १६ बाटुलेचौरका देवबहादुर थापा, रामबहादुर जिसी र जनक थापा क्षेत्रीलाई उक्त सजाय तोकेको हो । साथै पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिलाउनुपर्ने समेत फैसलामा उल्लेख छ ।
पोखरा मनपा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको ०७६ चैतमा दुबईमा निधन भएको थियो । उहाँका दाई मोहन सुनारले बाटुलेचौरको सार्वजनिक भवनमा किरिया बस्नको लागि भवनको चावी माग्दा क्षेत्री समाजका पदाधिकारीबाट दलितलाई भवन दिन नमिल्ने बताएर गालीगलौज गरिएको थियो ।
सुनारले सार्वजनिक भवन दलितलाई प्रयोग गर्न नदिएर आफूमाथि जातीय विभेद भएको भन्दै तीन जना विरूद्ध ०७७ बैशाख १४ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले सोही दिन तीन जनालाई गिरफ्तार गरी एक साता हिरासतमा राखिएको थियो । अदालतको थुनछेकको आदेश अनुसार तीन जनानै जनही १ लाख ७० हजार रुपियाँ धरौटी तिरेर तारिखमा छुटेपछि, पटक पटक पेशी सरेर साढे दुई वर्षपछि फैसला भएको छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…