जातीय विभेद गरेको आरोपमा गिरफ्तार
भदौरेतामागी-४ हर्पन घर भई पोखरा उमनपा-५ शान्तिनगरकी ४६ वर्षीया सुष्मा खनालको घरमा कोठा भाडामा बस्दै आएका ३१ वर्षीय प्रकाश परियारलाई जातीय विभेद तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खनाललाइ साउन २४ गते गिरफ्तार गरेको छ ।
पीडित परियारले आफूमाथि घरधनी खनालले साउन १२ गते जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
'कोठामा बस्ने मान्छे दमाई, कामी हो भन्ने थाहा थिएन । तिमी दमाई हौ रे! दमाईलाई मेरो घरमा बस्न दिन्न । अब घरमा पुजा गर्नुपर्यो । तुरुन्तै कोठा खाली गरीदेउ ।'-खनालले भनेको कुरालाई उद्घृत गर्दे परियारले भने ।
पीडित परियारले इन्सेक क्षेत्रीय कार्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पनि न्याय दिलाइदिन अनुरोध गर्दै निवेदन दिएका छन् ।
विष्णुप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…