जातीय विभेद गरेको आरोपमा थप एक जना गिरफ्तार

  ०८० पुस १० गते

सोरु गाउँपालिका –९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा बिश्वकर्मालाई पुस २ गते जातीय विभेद गरेकाे आरोपमा प्रहरीले सोरु गाउँपालिका –९ घर भइ हाल खनायाका स्वास्थ्य चौकीको प्रमुख २९ वर्षीय सुरज कुमार शाहीलाई पुस ८ गते  गिरफ्तार गरेको छ ।

जातीय विभेद गरेको आरोपमा पीडितले आरोपितविरुद्ध पुस ६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनु भयो ।


सर्जन कुमार शाही