जातीय विभेद गरेको आरोपमा दुई जना गिरफ्तार

सोरु गाउँपालिका –९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा बिश्वकर्मालाई पुस २ गते जातीय छुवाछूत गरेको घटनाका आरोपमा प्रहरीले  सोरु गाउँपालिका–९ कि ५२ वर्षीया झाँपु शाही र सोही गाउँपालिका –६ जिमाका ५५ वर्षीय धनकृष्ण भट्टलाई पुस ७ गते गिरफ्तार गरेको छ ।

जातीय छुवाछूट गरेको आरोप पीडितले आरोपितविरुद्ध पुस ६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनु भयो ।


सर्जन कुमार शाही