जातीय विभेद गरी कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
शुभकालिका गाउँपालिका–४ का ४५ वर्षीय श्रीमोर सुनारलाई जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय दलबहादुर शाहीलाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत १७ गते सार्वजनिक ठाउँमा आयोजित भोजमा भान्सा छोएको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
जातीय छुवाछुत गरी कुटपिट गरेको भन्दै पीडितले चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित शाहीलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
नेपालको संबिधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्वको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको छ ।
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि तीन वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
पीडितको टाउको र छातिमा चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर रत्नविर सुनारले बताउनु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…