जातीय भेदभाव तथा छुवाछुत सम्बन्धमा अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतको अवस्था विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन १९ गते चौतारामा सम्पन्न गरेको छ ।
आयोगले दुई दिनसम्म विभिन्न गाउँ स्तरमा जातीय भेदभावको अवस्था अनुगमन गरेर जिल्लामा रहेका सरोकारवालाहरूबिच अन्तरक्रिया गरेको आयोगका अधिकृत सोमराज सुवेदीले बताए ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले मानवले मानवीय व्यवहार गरिनु पर्छ भन्ने उद्धेश्यले नै मानव अधिकार कानुन आएको बताए । उनले भने-'कानुनले छुवाछुतलाई बर्जित गरेको छ ।'
तर, समाजमा छुवाछुतको समूल अन्त्य हुन सकेको छैन । दलित अधिकारकर्मी विक्रम सुन्दासले समाजमा छुवाछुत लुकाइएको छ भन्दै राजनितिक दलको बैठक हुँदा दलितको घरमा पनि नबस्ने र दलितले गैरदलितको घरमा कोठासमेत नपाउने गरेको गुनासो गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र केसी, सरकारी वकिल, स्थानीय विकास अधिकारीलगायत अन्य विभिन्न गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिहरूले समेत जिल्लामा छुवाछुतको अवस्था औँल्याएका थिए ।
यस कार्यक्रमले जातीय छुवाछुतको अन्त्य गराउन केही मद्धत पुग्ने विश्वास गरिएको गरेको राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत सोमराज सुवेदीले बताए ।
नतिबावु धिताल
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…