जातीय छुवाछुत तथा अमानवीय व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
पिपरा गाउँपालिका–६ रतौलीकी ४० वर्षीया विनिता देवी मोचीलाई जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाँउ का ४० वर्षीय रामविनय ठाकुर र ४५ वर्षीय ओम महतो विरुद्ध पीडितले ०८० चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
आरोपितहरूले चैत ९ गते जातीय छुवाछुत गर्नुका साथै गालीगलौज गरी दुर्व्यवहार गरेका पीडितको आरोप छ । गाउँमै रहेको श्री आदर्श माध्यमिक विद्यालयको व्यवस्थापन समितिको दलित महिला सदस्य रहेकी पीडित मोचीले विद्यालयको निम्ति डेक्स बेन्च बनाउँदै गरेको अवस्थामा समितिको सदस्य समेत रहेको नाताले आफूलाई जानकारी नगरिएको कुरामा सोधपुछ गर्दा विद्यालयको व्यवस्थापन समिति सदस्य रहेका ओम महतो र रामविनय ठाकुरले आफूलाई “तँ चमार, तल्लो जातको दलित, तँलाई किन सोध्नु ? तँ नजिक आँउदा छोइन्छ भनेर नबोलाएको, सानो जातको भएर धेरै कुरा नगर” भन्दै गालीगलौज र अपशब्द बोल्दै दुर्व्यवहार गरी समाजको अगाडि अपमान गरेको पीडितले भन्नु भयो ।
उजुरी उपर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकनाथ दहालले बताउनु भयो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…