जातीय छुवाछुत घटनाका आरोपितविरुद्ध उजुरी
गौशाला नगरपालिका–१ का १६ वर्षीय अविनास पासवानलाई कथित ठूला जातिको भोज खाएको निहुँमा कुटपिट गरेको आरोपमा पीडित पक्षले सोहि वडाका ४० वर्षीय रामबिनेक यादवविरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा वैशाख २७ गते उजुरी दिएको छ ।
गौशाला नगरपालिका–१ का सुरतन यादवले आमाकोे १३ औँ दिनको पुण्यतिथिको अवसरमा भोजको आयोजना गरेको हँुदा बालक टेन्टको काम गर्न वैशाख २६ गते गएका थिए ।
टेन्टको काम पश्चात भोज खादै गर्दा आरोपित रामबिनेक यादवले बालक पासवानलाई “त तल्लो जातको मान्छे यहाँ किन आएको र किन भोज खाएको” भन्दै वैशाख २६ गते भोज खाने ठाउँ मै आएर गाली बेइज्जती गर्नुका साथै कुटपिट गरेको आरोप छ ।
छुवाछुतको नाममा कुटपिट गरेको भन्दै आरोपित यादवविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिए पनि उजुरीको कुनै सुनवाइ नभएको पीडितका बुबा शत्रुधन पासवानले बताउनु भयो ।
पीडित पक्षले न्यायको लागि पहल गरिदिनु हुन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधिलाई वैशाख २७ गते लिखित निवेदन दिएका छन् ।
इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोज यादवले घटना भएको तर सामान्य कुटपिटको घटना भएकोले दुबै पक्षलाई बोलाएर मिलाउने बताउनु भयो ।
पीडित परिवारले यस घटनामा कुटपिट गर्ने आरोपित रामबिनेक यादवले यसअघि पनि पीडित अविनास पासवानको आमालाई समेत कुटपिट गरेका थिए । त्यति बेला पनि प्रहरीले कुनै चासो नलिएको पीडित परिवारको आरोप छ ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…