जातीय छुवाछुत गरेको कसुरमा कैद र जरिबानाको फैसला
बोदे बर्साइन नगरपालिका–८ काचनका ४२ वर्षीय लिलाधर दास तत्मा र ३५ वर्षीया पत्नी दुखनीदेवी दास तत्मालाई जातीय छुवाछुत गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सोही ठाउँका पाँच जनालाई चैत २१ गते कैद र जरिबानाको सजाय गरेको छ ।
न्यायाधीश प्रमेश पोखरेलको इजलासले बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई जनही पाँच महिना कैद र ५ हजार रुपियाँ जरिबाना तथा पीडितहरूलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले बताउनु भयो ।
तत्मा दम्पतिलाई ०७४ असार १३ गते साँझ बोदे बर्साइन नगरपालिका–८ काचनस्थित ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितहरूले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र ०७४ असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ कथित तल्लो जात मन्दिरभित्र पस्न खोज्ने’ भनेर आरोपितहरूले कुटपिट गर्दै पुजाको समान समेत फालिदिएको पीडितहरूको आरोप थियो ।
कुटपिटबाट लिलाधरको कुमको हड्डी भाँचिएको थियो भने दुखनीको शरीरमा चोटपटक लागेको थियो ।
घाइते लिलाधरको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचार गरिएको थियो । विराटनगरमा लिलाधरको कुमको शल्यक्रिया गरिएको उहाँले बताउनु भयो । पीडितहरूको घाउजाँच परीक्षण राजविराजस्थित जिल्ला अस्पतालमा ०७४ असार १५ गते गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले आरोपितहरू विरूद्ध ०७४ असार १४ गते जातीय छुवाछुत र कुटपिट अङ्गभङ्गमा उजुरी दर्ता गरेको थियो ।
आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् । ‘फरार’ रहेका आरोपितहरूविरूद्ध जिल्ला अदालतले ०७४ भदौ २८ गते म्यादी पुर्जी जारी गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…