जातीय छुवाछुतका घटना मिलापत्र गर्न दबाब दिएको पीडित पक्षको आरोप
परवानीपुर गाँउपालिका–३ मा भएको जातीय छुवाछुतको घटना मिलापत्र गर्न आरोपित पक्षले दबाब दिइरहेको पीडित पक्षको आरोप छ ।
स्थानीय ४३ वर्षीय उमेद रामले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दर्ता गरेको भएपनि अहिलेसम्म कुनै प्रकारको सुनुवाइ नभएको र आरोपित पक्षले मिलापत्र गर्न दबाब दिइरहेको आरोप लगाइएको छ ।
परवानीपुर गाउँपालिका–३ का करिमन रामका १५ वर्षीय छोरा राकेश रामले सोही ठाउँस्थित राधाकृष्ण मन्दिरको चापाकलमा भदौ २४ गते पानी खान गएको बेलामा मन्दिरका पुजारी ४५ वर्षीय रामदयाल यादवले दलितले चापाकललाई असुद्ध गर्यो भनी कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरी असोज ४ गते इलाका प्रहरी कार्यालय सिमरामा दर्ता भएको प्रहरीले जनाएको छ ।
जातीय छुवाछुतको उक्त घटनामा पुजारी रामदयाललगायतले कुटपिट गर्दा परवानीपुर गाउँपालिका–३ का ३६ वर्षीय सुमन राम र १६ वर्षीय आकाश रामसमेत घाइते भएका थिए ।
घाइतेमध्ये सुमनको बायाँ हातको पछाडिको मासु चिरिएको र उनीसँग उपचार गराउने पैसा नभएको पीडित पक्षले गुनासो गरेको छ ।
यसैबिच राष्ट्रिय मानव अधिकार अयोग जनकपुर कार्यालयका प्रमुख वीरबहादुर बुढामगरको नेतृत्वमा असोज १३ गते गएको टोलीले घटनास्थल, घटनाका पीडित, आरोपित पक्ष र प्रहरी प्रशासनसँग भेटी घटनाको बारेमा छलफल गरेको छ ।
त्यसैगरी दलित अधिकार सङ्घर्ष समितिले असोज १२ गते विज्ञप्ति निकाल्दै उक्त जातीय छुवाछुत घटनाको भत्र्सना गरेको छ ।
जातीय छुवाछुत अन्त्य गर्न संवैधानिक तथा कानुनी व्यवस्था भएपनि कार्यान्वयन नहुँदा मर्माहित भएको सङ्घर्ष समितिकी अध्यक्ष तथा पूर्वमन्त्री कलावती पासवानले बताएकी छन् ।
दोषीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन विज्ञप्तिमार्फत माग गरिएको छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…