जातिय विभेद घटनाका आरोपित गिरफ्तार
गौशाला नगरपालिका–१ का १६ वर्षीय बालक अविनास पासवानलाई कथित ठूला जातिको भोज खाएको निहुँमा सोही ठाउँ का ४० वर्षीय रामबिनेक यादवले कुटपिट तथा जातिय विभेद गरेको आरोपमा वैशाख २९ गते इलाका प्रहरी कार्यालय गौशलाले गिरफ्तार गरेको छ ।
इन्सेक लगायतका विभिन्न सञ्चार माध्यमहरू घटनाबारे समाचार प्रकाश गरे लगतै इलाका प्रहरी कार्यालय गौशलाले आरोपितलाई गिरफ्तार गरेको हो ।
त्यसैगरी इन्सेक महोत्तरी प्रतिनिधिको विशेष पहलमा पीडित पक्षले वैशाख ३० गते इलाका प्रहरी कार्यालयमा जातीय छुवाछुत, भेदभाव र हिंसा तथा कुटपिटविरुद्ध जाहेरी दर्ता गराएका छन् । पीडित बालकका आमा गीता देवी पासवानले न्यायको माग गर्दै जाहेरी दर्ता गर्नुभएको हो ।
पीडित पक्षले न्यायको लागि पहल गरिदिनु हुन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधिलाई वैशाख २७ गते दिएको लिखित निवेदन पश्चात मानवअधिकारकर्मी र सञ्चारकर्मी सम्मिलित टोली वैशाख २९ गते घटना बारे अनुगमन गरेका थिए ।
इन्सेक महोत्तरी प्रतिनिधि साहको नेतृत्वमा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत विना सिंह, सञ्चारकर्मी रञ्जन भण्डारी, धवेन्द्रकुमार यादव, दलित अधिकारकर्मी प्रकाश मोची सहितका टोलीले इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर मनोज यादवलाई भेटेर घटना बारे जानकारी लिनुको साथै निश्पक्ष छानबिन तथा घटनामा संलग्न दोषी उपर कारबाहीको माग गरेका थिए ।
इन्स्पेक्टर मनोज यादवले अधिकारकर्मीसँग पीडित पक्षबाट लिखित जाहेरी नआएको र जाहेरी आए आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभएको थियो । सोहि अनुसार आज पीडित पक्षबाट जाहेरी दर्ता गराइएको छ ।
त्यसैगरी अनुगमन टोलीले पीडित बालक तथा निजका घरपरिवारका सदस्यहरूलाई भेटेर घटना बारे बुझ्नुको साथै न्यायको लागि अगाडि बढ्न हौसला प्रदान गरेका छन् ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…