जहाँ न्याय व्यवस्था बलियो त्यहाँ विकासः प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय व्यवस्था बलियो भएको ठाउँमा विकास हुने विचार व्यक्त गरेका छन् ।

रोल्पामा कात्तिक १ गते आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले यस्तो विचार व्यक्त गरेका हुन् ।

संविधानको सिद्धान्तलाई पालना गर्ने हो भने देश सुखी, समृद्ध र शान्त हुने भएकाले संविधानको मर्मलाई पालन गर्न उनले सबैसँग आग्रह गरे । उनले प्रविधिको अधिकतम प्रयोग गर्दै न्यायालयबाट छिटो सेवा प्रदान गर्न आफूले 'स्मार्ट जष्टिस'को अवधारणा ल्याएको उल्लेख गरे । 'स्मार्ट जष्टिस' मार्फत अभियुक्तहरूले आफू बसेकै ठाउँबाट अदालतका न्यायाधीशसँग भिडियोबाट बकपत्र पेश गर्नसक्ने उनको भनाई छ ।


माधवकुमार ओली