जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको छ ।
जलाइरहेको खबर प्रहरीलाई पुगेपछि प्रहरीले श्यामबहादुर साह कलवारकी छोरी महिमा कुमारीको शरीरको आधा भाग जलेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
शवलाई मोटरसाइकलमा राखेर र दाउरा टेम्पोमा राखेर जलाउन लगिएको थियो । सो मोटरसाइकल र टेम्पो पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शङ्कास्पद रुपमा बालिकाको शव राति करिब ११ बजे आधा जलेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रल्हाद कार्कीले बताउनु भयो । शव पोस्टमार्टमको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको उहाँले बताउनु भयो ।
घटनाबारे सोधपुछको लागि मृतकका परिवारका तीन जनालाई नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताउनु भयो । मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।
मृतक बालिकाका बुबा भने ‘फरार’ रहेको प्रहरीले जनाएको छ । गिरफ्तार भएकाहरूले पनि मृत्युको विषयमा फरकफरक कुरा बताइरहेको प्रहरीको भनाई छ ।
‘अनुसन्धान गर्दैछौँ ।’–डिएसपी कार्कीले भन्नु भयो–‘अहिले नै केही भनी हाल्न मिल्ने अवस्था छैन ।’
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…