जलविद्युत आयोजना पुनर्निर्माण हुँन नसक्दा सेवाग्राही मार्कामा
गत असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षाका कारण आएको बाढीले साइलीगाड जलविद्युत आयोजना भत्काएपछि पुनर्निर्माण हुँन नसक्दा आर्दश गाउँपालिका–६ गिरीचौकाका स्थानीयहरुले सास्ती खेप्दै आएका छन् ।
वर्षाका कारण आएको बाढीले जलविद्युत आयोजना भत्काएको झण्डै ६ महिना वितिसक्दा समेत सरकारले पुनर्निर्माण नगरि दिएका कारण आर्दश गाउँपालिकाका १ हजार १ सय घरदुरीका ७ हजार बढी स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका हुन ।
विधुत अभावका कारण स्थानीयको दैनिकी कष्टकर हुनुका साथै विद्यार्थीहरुकोे पढाइमा समेत समस्या हुने गरेको स्थानीय नारु खडायतले गुनासो गर्नु भयो ।
उहाँले खाना बनाउँदा तेलको दियोले उजालो बनाएर समस्या समाधान गर्ने गरेको भएपनि बालबालिकाहरुको पढाइमा निकै समस्या उत्पन्न भएको बताउनु भयो ।
विधुत अभावका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या हुनका साथै विद्यालयको प्रशासनीय कार्यमा समेत समस्या उत्पन्न भएको गिरीचौका माध्यमिक विद्यालयका प्रधानध्यापक नरबहादुर खडायतले बताउनु भयो ।
उहाँले कयौँ विद्यार्थीहरु गृहकार्य नगरेरै विद्यालय आउने गरेको बताउँदै नजिक आउँदै गरेकोे एसइइ परीक्षामा समेत यसको नकारात्मक प्रभाव देखिने बताउनु भयो ।
विद्युत अभावका कारण पानी घट्ट र मिल सञ्चालनमा नआउँदा कुटानी पिसानीमा समेत समस्या हुने गरेको स्थानीय महेन्द्र बिकले गुनासो गर्नुृ भयो ।
उहाँले स्थानीय सरकारलाई समस्या सामाधान गर्नका लागि पटकपटक अनुरोध गरिएको भएपनि समयमै स्थानीय सरकारले ध्यान नदिदा आफूहरुले सास्ती खेप्नु परेको बताउनु भयो ।
बाढीका कारण भत्कीएको विद्युत आयोजना पुनर्निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढी सकेकोले छिट्टै समस्या समाधान हुँने आदर्श गाउँपालिका–६ का अध्यक्ष लालबहादुर खडायतले बताउनु भयो ।
उहाँले वडा कार्यालयबो बजेटबाट ५ लाख रुपियाँ बजेट विद्युत आयोजना पुनर्निर्माणका लागि विनियोजन गरिएकोले चाडो भन्दा चाडो स्थानीयहरुले भोग्दै आएको समस्या समाधान हुने बताउनु भयो ।
आदर्श गाउँपालिका भरी केन्द्रीय प्रशारण लाइन जोड्ने कार्य भइसकेको र गिरीचौकामा मात्रै केन्द्रीय प्रशारण लाइन जोडन बाँकी रहेकोले सो कार्य पनि अगाडि बढाउन पहल भइरहेको आदर्श गाउँपालिकाका अध्यक्ष रामबहादुर रोकायाले बताउनु भयो ।
उहाँले विद्युत कार्यालयसँग छलफल भइरहेकाले एक वर्ष भित्रै आदर्श गाउँपालिका क्षेत्रका गाउँ र टोलमा विद्युत सेवा पुर्याउने प्रतिवद्घता जाहेर गर्नु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…