जमिनमूनि गाडिएको विस्फोटक पदार्थ पड्किदा चार जना घाइते
चुरे गाउँपालिका–३ सहजपुरस्थित भासुभिर नजिकै बाटो खन्ने क्रममा ०८० फागुन ९ गते विस्फोटक पदार्थ पड्किएर चार जना घाइते हुनुभएको छ ।
घाइते हुनेहरुमा डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका–८ का जेसिवि चालक २४ वर्षीय विकास थापा, सुर्खेत जिल्लाका २२ वर्षीय रोलर अप्रेटर हिरा थापा, चुरे गाउँपालिका–३ सहजपुरका ४५ वर्षीय बसन्त खडायत, मोरङ जिल्ला विराटनगर महानगरपालिका–३ हातखोलाका ३५ वर्षीय इन्जिनियर नवित देव रहनुभएको छ ।
बिस्फोटनमा परी गम्भिर घाइते हनुभएका हिरा थापा, नवित देव र बसन्त खडायतको धनगढीस्थित मयामेट्रो अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहको छ भने सामान्य चोट लागेका विकास थापाको सहजपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
चुरे गाउँपालिका–३ सहजपुरस्थित भासुभिर नजिकै बाटो खन्ने र चौडा गर्ने क्रममा जमिनमूनि गाडिएको विस्फोटक पर्दाथ विस्फोटन भएर चार जना घाइते हुनुभएको र सो विस्फोटक पर्दाथ द्धन्द्धकलिन समयमा जमिनमूनि गाडिएको हुन सक्ने भएकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…