जबर्जस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित विरुद्ध उजुरी

२७ वर्षीया महिलाले आफूलाई प्रलोभनमा पारेर जबर्जस्ती यौन कार्यमा लगाएको भन्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा माघ ७ गते उजुरी दिनु भएको छ ।
लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा आफ्नै घरमा अमर ज्योति लज एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएका सुशिल मण्डलविरुद्ध पीडित महिलाले मानव वेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गराउनु भएको हो ।
आरोपित मण्डलको खोजि कार्य भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पुकुमार नायकले जानकारी दिनु भएको छ ।
पीडित महिलालाई प्रलोभनमा पारेर होटल सञ्चालकले जबर्जस्ती अवैध यौन कार्यमा लगाउँदै आएको स्थानीय वासिन्दाले दिएको सूचना पाएर होटलमा छापा मार्दा पीडित महिलासँग आपत्तिजनक अवस्थामा क्षिरेश्वरनाथ नपा–५ बस्ने ३५ वर्षीय अमितकुमार साहलाई इलाका प्रहरी कार्यालय महेन्द्रगरले गिरफ्तार गरेको छ ।
पीडित महिलाको माघ ६ गते साँझ नै जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।


दिपेन्द्रप्रसाद सिंह