जन्मसिद्ध नागरिकतासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित
प्रदेश २ को प्रदेशसभा बैठकले ऐन संशोधन नगरेर सङ्घीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ ।
जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभामा पाससँगै सङ्घीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाब बढ्ने बताइएको छ ।
प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत मङ्सिर १७ गते बसेको ४५ औँ बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले ‘जन्मसिद्ध नागरिकता प्राप्त नागरिकहरुका सन्तानले प्राप्त गर्ने नागरिकतासम्बन्धी जरुरी सार्वजनिक महत्वको सुझाव प्रस्ताव’ पेश गरेपछि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
प्रदेश २ प्रदेशसभाबाट पारित भएको जरुरी महत्वको प्रस्ताव बोकेर मङ्सिरको अन्तिमतिर सङ्घीय सरकारलाई दबाब दिन काठमाडौँ पुग्दैछ । मन्त्री यादवले जरुरी महत्वको प्रस्तावले जन्मसिद्ध नागरिकता वितरणमा रहेको जटिलता फुकाउन मद्दत पुग्ने जिकिर गरे ।
प्रदेश २ को सरकारले आठ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जन्मसिद्ध नागरिकता वितरण थाल्न पत्र नै लेखेको थियो । तर, प्रजिअले सकारात्मक जबाफ नदिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।
मन्त्री यादवले जरुरी प्रस्तावपछि पनि सङ्घीय सरकारले नागरिकता ऐन संशोधन नगरे सर्वोच्च अदालतमा मुद्दा हालिने चेतावनी दिए । समाचार साभारः रासस
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…