जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गर्छौः मन्त्री रावल
जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गरिने कुरामा प्रदेश नं ६ का सामाजिक विकास मन्त्री दल रावलले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा फागुन १७ गते सङ्घीयतामा स्वास्थ्यका प्राथमिकता तथा प्रारुप विषयक छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री रावलले उक्त कुरामा जोड दिएका हुन् ।
मन्त्री रावलले कर्णालीमा सुत्केरी महिलाको उद्धारका लागि 'एयर एम्बुलेन्स' सञ्चालन गर्ने योजना रहेको बताए ।
तत्कालका लागि भाडा प्रयोग गरेर भए पनि काम गर्ने र भविष्यका लागि सरकारले आफ्नै लगानीमा एयर एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
छुट्टै कार्यदल गठन गरी कुनै पनि नेता र मन्त्रीको सिफारिस नलाग्ने गरी बिरामीको उद्धार गरिने उनको भनाइ छ । मन्त्री रावलले आफू सामाजिक क्षेत्रमा लामो समय काम गरेको भएर पनि आफूले उक्त मन्त्रालय रोजेको बताउँदै सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले स्वास्थ्य र शिक्षाको छुट्टै विभाग बनाएर विषय विज्ञलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे । भेरी अञ्चल अस्पताल नेपालगञ्जका डा. बद्री चापागाईले सङ्घीयतामा स्वास्थ्य प्राथमिकता तथा प्रारुपका विषयमा सहजीकरण गरेका थिए । हालको अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा उनको प्रस्तुती केन्द्रीत रहेको थियो ।
छलफलमा इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले विकास र सचेतनालाई सँगै लिएर अगाडि बढ्नुपर्ने बताए । उनले भौतिक निर्माणले मात्र परिवर्तन नहुने बताए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…