जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ ।
कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चार जना कार्यालय सहयोगीलाई करारमा राखिएको थियो ।
उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेशन वार्ड, ओपिडी, ल्याब, लगायतका विभिन्न कक्षमा कार्यरत रहँदै आएका थिए ।
प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा नियमित सेवामा समस्या भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. रुक्मिना अधिकारीले बताउनु भयो ।
जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ला भन्ने आशा भएपनि जनशक्ति अभावले जिल्लावासी निरास बनेका छन् ।
यसअघि विशेषज्ञ चिकित्सकमार्फत सेवा दिएपनि सेवामा रहेका डाक्टर डिवि क्षेत्री सरुवा भएपछि अहिले अस्पतालको शल्यक्रिया सेवा बन्द छ ।
सुत्केरी, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सेवा सञ्चालन हुँदै आएपनि साउन ७ गतेदेखि उक्त सेवाहरू बन्द भएका छन् ।
हर्नियाको शल्यक्रिया गर्न पर्वत अस्पताल आउनुभएका कुश्मा नगरपालिका–८ का रुपेन्द्र क्षेत्रीले चिकित्सक नभएका कारण पोखरा जानुपरेको गुनासो गर्नु भयो ।
१५ शैयाको अस्पताललाई स्तरवृद्धि गरेर ५० शैया क्षमताको बनाउने योजना अनुसार करोडौँको लगानीमा आधुनिक भवनहरू बनाइएको भएपनि अहिले जनशक्ति अभाव खड्किएपछि समस्या उत्पन्न भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनु भयो ।
अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायका अनुसार अहिले अस्पतालमा आठ जना मेडिकल अधिकृत, दुई जना डेण्टल अधिकृत, ल्याबमा पाँच जना, इमर्जेन्सीमा पाँच जना, इनडोरमा ६ जना, एक्सरेमा दुई जना, फार्मेसीमा तीन जना र काउण्टरमा पाँच जना कार्यरत रहेका छन् ।
अहिले दुई जना कार्यालय सहयोगी सहित १२ जना कर्मचारीहरू स्थायी दरबन्दीमा रहेका छन् । अस्पतालमा अहिले पनि ओपिडीमा दैनिक करिब २ सय ५० जना बिरामीहरू आउने गरेका छन् ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…