जनशक्ति अभावमा भिडियो एक्स–रे सेवा प्रभावित सेवाग्राही मर्कामा
पर्वत अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे सेवा प्रभावित हुदाँ सेवाग्राही मर्कामा परेका छन् ।
फलेवास नगरपालिका–१ कार्कीनेटाकी ३० वर्षीया सावित्रा विक असार १२ गते बिहान ११ बजे भिडियो एक्स–रे का लागि पर्वत अस्पताल आउनुभयो । पाठेघर परीक्षण गर्न आउनुभएकी विकलाई जव अस्पतालका नर्सहरुले सेवा बन्द रहेको कुरा जानकारी गराए अनि उहाँ निरास हुँदै फर्किनुभयो । ‘जिल्ला अस्पतालमा राम्रो र गुणस्तरीय सेवा पाइएला भनेर आएकी थिएँ, भिडियो एक्स–रे सेवा बन्द रहेछ अब कहाँ गएर एक्स–रे गर्ने हो थाहा छैन,’ उहाँले दुःख व्यक्त गर्नुभयो ।
सावित्रा मात्र होईन पछिल्लो समय पर्वत अस्पतालमा भिडियो एक्स–रे सेवा लिन आउने सेवाग्राहीहरु निराश हुँदै फर्किन थालेका छन् । जनशक्ति अभावको कारण देखाउँदै पर्वत अस्पतालमा भिडियो एक्स–रे सेवा प्रभावित बनेपछि यहाँका नागरिकहरु मर्कामा परेका हुन् । अस्पतालमा भिडियो एक्स–रे सेवा बन्द हुँदा नीजि क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्स–रे गर्न बाध्य रहेको कुश्मा नगरपालिका– १२ कि ३५ वर्षीया सुनिता शर्माले बताउनुभयो ।
जनशक्ति अभावका कारण पर्वत अस्पतालले गत असार ४ गतेदेखि हप्ताको दुई दिन मात्र भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल प्रशासनले सुचना नै जारी गरी हप्ताको दुई दिन सोमवार र बिहिवार सेवा सुचारु रहने जनाएको छ । उक्त भिडियो एक्स–रे सेवा पनि गर्भवती महिला र इमर्जेन्सी अवस्थामा रहेका विरामी तथा सेवाग्राहीलाई मात्र प्रदान गरिने छ ।
पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जनशक्ति अभावका कारण भिडियो एक्स–रे सेवा बन्द भएको र जनशक्ति परिपूर्ति भएपश्चात सम्पूर्ण विरामीहरुलाई नियमित सेवा प्रदान गरिने बताउनुभयो । ‘भिडियो एक्स–रे सेवाका लागि अस्पतालमा एक जना एमडिजिपि डाक्टर हुनुहुन्थो, उहाँपनि सरुवा भएर बागलुङ जानुभयो, त्यसपछि समस्या भएको छ,’ अध्यक्ष गिरीले भन्नुभयो । उहाँले पर्वत अस्पतालको समस्याका विषयमा प्रदेश सरकार लगायत विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…