जनशक्ति अभावमा आइसीयू र भेण्टीलेटर प्रयोगहीन
जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएका स्वास्थ्य उपकरण सघन उपचार कक्ष (आइसीयू) र भेण्टीलेटर प्रयोगहीन भएका छन् । कोभिड-१९ को समयमा जिल्ला अस्पतालमा जडान गरिएको आइसीयूसहितको भेण्टीलेटर केही समयमा प्रयोगमा आएको थियो ।
आइसीयूसहितको भेण्टीलेटरमा कार्यरत चिकित्सक सरूवा भएपछि जिल्ला अस्पतालको आइसीयू प्रयोगहीन भएको छ । जसका कारण जिल्ला अस्पतालमा पुगेका बिरामीलाई अन्यत्र पठाउन थालिएको छ । भेण्टीलेटर सञ्चालनका लागि जनशक्ति अभाव भएपछि आइसीयू र भेण्टीलेटर सेवा चाहिने बिरामीलाई जिल्ला बाहिर पठाउन बाध्य भएको अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनु भयो ।
जिल्ला अस्पतालमा जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न जडान गरिएको आइसीयू सञ्चालन गर्न समस्या छ, लाखौँ रुपियाँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन् डाक्टर शाहले भन्नुभयो । दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमित रूपमा आइसीयू सञ्चालनमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।
आइसीयू कक्ष नियमित रूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक-एक जना इण्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले आइसीयू र भेण्टीलेटर सञ्चालनमा ल्याउन नसकिएको डाक्टर शाहको भनाइ छ ।
दक्ष जनशक्ति प्रदेश सरकारसँग माग गरेको भएपनि प्रदेश स्वास्थ्य मन्त्रालयले जबाफ नदिएका कारण एक महिनायता आइसीयू र भेण्टीलेटर प्रयोगविहीन भएको अस्पताल प्रशासनले जनाएको छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…