जनशक्तिको अभावले अस्पताल पाँच महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा
शुक्लागण्डकी नपा–११ साँखेस्थित फूलबारी अस्पताल पाँच महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
जनशक्ति अभाव भन्दै पाँच महिनादेखि अस्पताल बन्द हुँदा सो क्षेत्रका स्थानीयबासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । दसँैपछि सो अस्पतालका सम्पुर्ण सेवाहरू पुर्ण रूपमा बन्द भएको स्थानीयले बताए ।
शुक्लागण्डकी नपा–११ का वडा अध्यक्ष दलबहादुर थापाले आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा बन्द भएको जानकारी दिए ।
सङ्घीय सरकारले अस्पताललाई १५ शैयाको अस्पताल भनी मान्यता दिएपनि आवश्यक दरबन्दीको व्यवस्था नगर्दा सेवा बन्द भएको थापाले बताए ।
अस्पतालमा अहिले दुईजना कार्यालय सहयोगीले आलोपालो गरी सरसफाई गर्दै आएपनि सेवा भने पुर्ण रूपमा बन्द भएको वडा अध्यक्ष थापाले बताए ।
२०५५ फागुनमा जर्मन संस्था इभी कास्यलको सहयोगमा स्थापना भई साविक राईपुर गाविसको छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रूपमा सञ्चालनमा रहेको सो स्वास्थ्य संस्था ०६५ सालदेखि साँखेमा फुलबारी अस्पतालको रूपमा सञ्चालन भइरहेको थियो ।
सो अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरूवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिका जनताले स्वास्थ्य सेवा लिँदै आएका थिए ।
१५ शैयाको अस्पतालमा २४ जना स्वास्थकर्मीको दरबन्दी आवश्यक हुनेमा सङ्घीय सरकारले आवश्यक दरबन्दी उपलब्ध नगराउँदा अस्पतालको सेवा ठप्प हुन पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए ।
अस्पताल बन्द हुँदा करौडौँ रुपियाँ खर्चिएर बनाइएको अस्पतालको भवन, यन्त्र, उपकरण र औषधि प्रयोगविहीन बनेको छ ।
सरकारले दरबन्दी नदिएपछि नगरपालिकाले नै बजेट व्यवस्थापन गरेर केही दिन भित्रैमा तीन जना स्वास्थ्यकर्मी राखेर सेवा सुचारू गर्ने तयारी गरेको वडा अध्यक्ष थापाले बताए ।
केही दिन भित्रैमा एक जना एमबिबिएस डाक्टर, स्टाफ नर्स र ल्याब टेक्निसियनको अस्थायी दरबन्दी स्वीकृत गरेर नगरस्तरीय अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थापाको भनाई छ ।
सो अस्पतालको सेवा बन्द हुँदा बिरामीहरू सामान्य उपचारको लागि शुक्लागण्डकी नपा–१० स्थित स्वास्थ्य चौकीमा जाने गरेको र गम्भीर प्रकृतीका बिरामीहरूलाई दुलेगौँडा र पोखरा जानु पर्ने बाध्यता रहेको स्थानीय भिमबहादुर थापाले बताए ।
अस्पताल सञ्चालन हुँदा दैनिक १ सय देखि २ सय ५० जनासम्म बिरामीले स्वास्थ्य उपचारको सेवा लिँदै आएको वडा अध्यक्ष थापाले बताए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…