जनमत पार्टीका आठ जना कार्यकर्ता गिरफ्तार
पुर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगाहापुरमा बन्द गराउँदै हिँडेका सिके राउत नेतृत्वको जनमत पार्टीका आठ जना कार्यकर्तालाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।
सिके राउत नेतृत्वको जनमात पार्टीले पुस १५ गतेदेखि आह्वान गरेको अनिश्चितकालीन हाइवे बन्दको दोस्रो दिन दिनभरी बन्दको प्रभावले सर्वसाधारणको जनजीवन कष्टकर बनेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
गिरफ्तार पर्नेहरूमा जनमत पार्टीका कार्यकर्ता यमुनामाई गाउँपालिकाका ३५ वर्षीय ललित मलिक सानु, चन्द्रपुर नगरपालिका–७ का २३ वर्षीय रामविश्वास साह, गरुडा नगरपालिका–८ का ३३ वर्षीय जवाहर राम, परोहा नगरपालिका–८ का २४ वर्षीय विरेस चौरसिया, इशनाथ नगरपालिका–३ का २७ वर्षीय दिलबहादुर मण्डल, इशनाथ नगरपालिका–९ का २१ वर्षीय अर्जुनप्रसाद कुश्वाह, गढीमाई नगरपालिका–४ का ३३ वर्षीय विवेकानन्द साह, बौधीमाई नगरपालिका–७ का ४४ वर्षीय बसन्त कुश्वाहा र ४२ वर्षीय अवध रामलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी लिलाराज लामिछानेले बताउनु भयो ।
शान्तिपूर्ण आन्दोलनको घोषणा गरे पनि सर्वसाधारणलाई कष्टकर बनाएको र यात्रुलाई अबरोध गरेको, आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको वास्ता नगरेको भन्दै उनीहरूलाई गिरफ्तार गरेको डिएसपी लामिछानेले जानकारी दिनु भयो ।
गिरफ्तारीमा परेका बसन्त कुसवाहले भने शान्तिपुर्ण जुलुस गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको आरोप लगाउनु भएको छ ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…