जनमतको कदर गरः मानव अधिकार आयोग
चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि मतगणना स्थगित भई उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
'मतदाताले रोजेको उम्मेदवार वा दललाई मत दिन पाउने अधिकार र उम्मेदवारको बढी मत ल्याई निर्वाचित हुन पाउने अधिकारको सम्बन्धित सबै पक्षबाट सम्मान हुनु पर्दछ । निर्वाचनमा सहभागी भई मतदान र मतगणनाको विश्वसनीय ढङ्गले अगाडि बढाउनु पर्दछ ।'-आयोगद्वारा जेठ १८ गते जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगले 'मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८', 'नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६', 'निर्वाचन आचारसंहिता' २०७३ तथा नेपालको प्रचलित संविधानको मर्म र भावना अनुकूल स्वच्छ र निष्पक्षताका साथ निर्वाचन प्रक्रिया सम्पन्न हुन दिनु सबै राजनीतिक दल, उम्मेदवार, निजका प्रतिनिधिहरू समेतको कर्तव्य हुने कुरालाई स्मरण गराएको छ ।
आयोगले उक्त घटनाको सम्बन्धमा अनुगमन गरी प्राप्त तथ्यको आधारमा यी र यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिने तर्फ आवश्यक सतर्कता अपनाउन जरूरी देखी निर्वाचन आयोगलाई जेठ १८ गते नै एक जानकारी पत्र पठाएको जनाएको छ । आयोगले उक्त घटनाको सत्य तथ्य छानबिन गरी घटनामा संलग्न दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न समेत आग्रह गरेको छ ।
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…