जनप्रतिनिधिहरू सबै जनताप्रति जबाफदेही हुनुपर्छः संविधानविद् भट्टराई
जनताबाट निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक दलसँग नभई आम जनताहरूप्रति जवाफदेही हुनुपर्नेमा संविधान तथा कानुनविद् टिकाराम भट्टराईले जोड दिएका छन् ।
इन्सेक नेपालगञ्ज कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा चैत ८ गते जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार विषयक एक दिने कार्यशालामा संविधानविद् भट्टराईले उक्त कुरामा जोड दिएका हुन् ।
उनले हरेक कामको जबाफ जनतालाई दिनु पर्ने भएकाले जनप्रतिनिधिहरूलाई आफूले पाएको अधिकारको सदुपयोग गर्न सुझाव दिए ।
भट्टराईले नागरिकताका सवालमा रहेका समस्या, सुकम्वासी समस्या, न्यायिक समितिले कार्यसम्पादनमा भोगेका अन्यौलता, बजेट विनियोजन, जन्म, विवाह, मृत्यु, बसाईसराई दर्तालगायतका व्यक्तिगत घटना सिफारिस प्रकृया, विद्यालय व्यवस्थापन समितिका विषयमा जनप्रतिनिधीहरूलाई स्थानीय सरकार सञ्चालन ऐनमा रहेको अधिकारका बारेमा स्पष्ट बनाएका थिए ।
भट्टराईले कानुनी अधिकार प्राप्त व्यक्तिले कानुनले गर्नु भनेको अधिकार मात्र प्रयोग गर्नु पर्ने बताउँदै कसको काम के हो भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । उनले संरचना, कानुन र जनप्रतिनिधि सबै नयाँ भएको अवस्थामा केही समस्या देखिएको बताए ।
इन्सेक नेपालगञ्जका संयोजक भोला महतले स्थानीय तहका जनप्रतिनिधिले दैनिक भोग्दै आएका कानुनी समस्या समाधानका लागि कार्याक्रमको आयोजना गरिएको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य यम विरहीले जनप्रतिनिधिहरूले गरेका काम कारवाहीहरू बाहिर ल्याउन सञ्चार माध्यमले भूमिका खेल्ने भएकाले सञ्चार जगतसँग समन्वय गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उपभोक्ता अधिकारकर्मी रामचन्द्र सिम्खडाले उपभोक्ताको अधिकारका विषयमा जानकारी गराए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले यस कार्यक्रमले जनप्रतिनिधिहरूलाई आफ्नो काम, कर्तव्य र अधिकारका साथै कानुनी अधिकारका विषयमा स्पष्ट बनाएको बताए ।
कार्यक्रममा नगरपालिका प्रमुख उपप्रमुख, गाउँपालिका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष, न्यायिक समितिका सदस्य गरी ५५ जनाको उपस्थिति रहेको थियो ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…