जनप्रतिनिधिहरु निर्वाचन आचार संहिता विपरितका गतिविधिमा सक्रिय
निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह भित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको भएपनि जिल्लास्थित स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरु निर्वाचन आचार संहिता विपरित राजनीतिक दलको आमसभा तथा निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेका छन् ।
निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई मत माग्ने कार्यक्रम लगायत चुनावी सभा समारोहमा हिड्न समेत रोक लगाएको भएपनि जिल्लाका अधिकांश जनप्रतिनिधिहरु आचार संहिता विपरितका गतिविधिमा सङ्लग्न भएको पाइएको छ ।
बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमल गडसिला, के.आइ. सिँह गाउँपालिकाका अध्यक्ष लोकेन्दबहादुर शाही, आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का सत्ता गठबन्धन पक्षमा र जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा, नेकपा एमालेको पक्षमा मत माग्न चुनावी समारोहमा सहभागी हुनु भएको पाइएको छ ।
जिल्लामा सत्ता गठबन्धनकोतर्फबाट प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, प्रदेश सभा (क) मा नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिह र प्रदेश सभा (ख) मा नेकपा मावबादी केन्द्रका शिवसिँह वलीको पक्षमा दल निकट जनप्रतिनिधिहरुले मत माग्दै सरकारी सवारी साधनको समेत प्रयोग गरेको पाइएको छ ।
यसैगरी नेकपा एमालेकोतर्फबाट प्रतिनिधि सभामा गौरी वली, प्रदेश सभा (क) मा चक्रबहादुर मल्ल र प्रदेश सभा (ख) मा टेकबहादुर बमको पक्षमा उँहा निकट दलका जनप्रतिनिधिले मत मागिरहेको अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचन आचार संहिता विपरित निर्वाचन गतिविधिमा संलग्न स्थानीय तहका जनप्रतिनिधिहरु विरुद्ध मौखिक उजुरी परेकोले निर्वाचन प्रचारप्रासारमा सहभागि नहुँन स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिल्ला निर्वाचन कार्यालयले परिपत्र गरी सकेको जिल्ला निर्वाचन कार्यालय, डोटीका सूचना अधिकारी दलबहादुर मलासीले बताउनु भयो ।
उहाँले निर्वाचन आचार संहिता विरुद्ध अटेरी गर्ने जो कोहीलाई निर्वाचन ऐन अनुसार कार्वाहीको दायरामा ल्याइने बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…