जनप्रतिनिधिले सेवकको भुमिकामा स्थापित गर्न आवश्यक छः मन्त्री विश्वकर्मा
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जनप्रतिनिधिहरूले शासक नभई सेवकको भुमिकामा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यलय कास्कीले जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा आयोजित गणतन्त्रको संस्थागत विकास, कार्यन्वयको अवस्था,चुनौती र सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले जनप्रतिनिधिहरुलाई सचेत गराउन नागरिकहरुको खबरदारी आवश्यक रहेको बताउनुभयो ।
उहाँले गणतन्त्र स्थापनापछि नागरिकहरूले स्वतन्त्र रूपमा राजनीतिक अधिकारको अनुभूत गर्न पाएको बताउनुभएको छ ।
युवापङ्क्तिमा देखिएको बढ्दो वितृष्णालाई चिर्न दलहरूले युवाका भावनालाई समेट्ने गरी योजना र कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।
केन्द्रको अभ्यासलाई अध्ययन गर्नका लागि प्रदेश सरकारले पूर्व पधादिकारीको सेवा सुविधाबारे छलफल गर्न समिति मात्रै गठन गरेको उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्लेले शासन सञ्चालन गर्ने पात्रले मुलुकको विकासमा सकारात्मक प्रगति हासिल गर्न सकिने बताउनु भयो ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीकी अध्यक्ष विना सिलवालले पूर्व पदाधिकारीहरूलाई सेवा सुविधा दिने गरी गण्डकी प्रदेश सरकारले ल्याउन लागेको विधयेक गणतन्त्रको मूल्य मान्यता विपरित रहेको बताउनु भयो ।
उहाँले संविधानमा रहेको समावेशिताको मर्म विपरित स्थानीय तहको निर्वाचनमा दलहरूले उम्मेदवार छनौट गरिएको भन्दै दलहरू सच्चिन आवश्यक रहेको बताउनु भयो ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका पूर्व अध्यक्ष विष्णु बरालले गणतन्त्रको मर्म र भावनलाई राजनीतिक दलहरूले आत्मसाथ गर्न नसकेको आरोप लगाउनु भयो ।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले संविधान प्रदत्त मौलिक अधिकार उपभोग गर्न सहज अवस्था सिर्जना हुन नसकेकै कारण गणतन्त्रात्मक शासन व्यवस्थाप्रति नागरिकहरूमा वितृष्णा बढेको बताउनु भयो ।
सङ्घीयता स्थापनाको पाँच वर्षमा देखिएको राजनीतिक अस्थिरताले पनि गणतन्त्रमा चुनौति थपिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा अधिवक्ता गिरधारी सुवेदीले गणतन्त्रको अभ्यास र नेपाल विषयक कार्यपत्र प्रस्तुत गर्दै गणतन्त्रलाई संस्थागत गराउन राजनीतिक दल र नागरिक सबैको भुमिका महत्वपूर्ण रहने भनाइ राख्नु भयो ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…