जनप्रतिनिधिले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप

फालेलुङ गाउँपालिका-७ का ३३ वर्षीय पत्रकार भीम बाँस्कोटाले याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया (सुवास) ले कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ पाँचथरका केन्द्रीय परिषद सदस्य, अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला सम्वाददाता पत्रकार बाँस्कोटालाई वडाध्यक्ष योङ्याले ०८० असोज २३ गते दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-४ स्थायी घर भइ याङ्वरक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ४० वर्षीय सुमन लिङदेनले कार्यालय सहयोग फिदिम नगरपालिका-१ का ३५ वर्षीय छत्रप्रसाद सुवेदीलाई असोज २१ गते कुटपिट गरेका थिए ।

महिला कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतबिचको सम्बन्धलाई लिएर कार्यालय सहयोगीमाथि कुटपिट भएको घटनाका विषयमा जानकारी लिँदा गाउँपालिका भीमबहादुर योङयाले असोज २३ गते कार्यकक्षमा दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप छ ।

आरोपित अध्यक्ष योङयाले क्यामराबाट दृश्य कैद गर्न समेत अवरोध गर्दै “क्यामरा तल राख, पर बस, प्रश्नको जवाफ दिन्न, पत्रकारहरूलाई चिनेको छ, जानेको छ ” भन्दै दुर्व्यवहार गरिएको पीडित पत्रकार बाँस्कोटाले बताउनु भयो ।

दुर्व्यवहार भएको विषयमा पीडित पत्रकारले असोज २५ गते पत्रकार महासङ्घ पाँचथर, शाखामा निवेदन दिएको अध्यक्ष गिरिराज बाँस्कोटाले बताउनु भयो । घटनाको बिषयमा महासङ्घले विज्ञप्ति जारी गरी विरोध जनाएको छ ।

“नागरिकको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहका जनप्रतिनिधिले  सूचनाको हक प्रत्याभूत गर्ने, आलोचनात्मक टिप्पणीलाई स्वीकार्न सक्ने हो भनेमात्र लोकतन्त्रको आधारस्तम्भलाई दरबिलो बनाउन सकिन्छ ।” अध्यक्ष गिरिराज बाँस्कोटाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणपत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

Photo 202301013 Pachathar


इवारा जवेगु लिम्बू