जनप्रतिनिधिद्वारा कर्मचारीलाई दुर्व्यवहारको आरोप, गाउँपालिकाको सेवा अबरुद्ध
जलजला गाउँपालिकाका कर्मचारीहरूले जनप्रतिनिधिहरूबाट भएको दुर्व्यवहारका कारण काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् ।
जलजला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष भरतबहादुर खत्री, वडा नं. २ का वडा अध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्री, वडा नं. ३ का वडा अध्यक्ष एकिन्द्र खत्री र कार्यपालिका सदस्य भिमसेनबहादुर विश्वकर्माले असोज १५ गते कार्यालय समयमा कार्यालयभित्र प्रवेश गरी सूचना अधिकारीको बोर्ड च्यात्ने, प्रमुख प्रशासकीय अधिकृतको नेमप्लेट फाल्ने र अन्य कर्मचारीहरूलाई अभद्र व्यवहार गरेपछि काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरूले सेवा अबरुद्ध गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले सूचना जारी गर्दै काम गर्ने वातावरण सिर्जना भएसम्म सेवा अबरुद्ध भएको जानकारी गराउनुभएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले तीन बुँदे माग सहित ज्ञापनपत्र बुझाएका छन् । जसमा कार्यस्थलको सहज वातावरण सिर्जना हुनुपर्ने, तत्काल पेनडाउन गरी आन्दोलित हुने र सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने भन्दै गाउँपालिकाका अध्यक्ष राजु आचार्यसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार गाउँपालिकाको स्वास्थ्य शाखामा दुई जना कर्मचारी लोकसेवा आयोगबाट छनौट भएर आएपछि करारमा रहेका कर्मचारी हटाउन लागेको भन्दै जनप्रतिनिधि आक्रोशित बनेका हुन् । कार्यसम्पादन मुल्याङ्कनमा पर्वतको पहिलो र गण्डकी प्रदेशमै दोस्रो बनेको गाउँपालिकामा जनप्रतिनिधिको ज्यादती बढेको आचार्यको आरोप छ ।
कर्मचारीको आन्दोलनका कारण चाडपर्वको मुखैमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलब, समाजिक सुरक्षा भत्ता, उपभोक्ता समिति, निर्माण व्यवसायी र आपुर्तिकर्तालाई लामो बिदा हुने चाडपर्वको मुखैमा भुक्तानी प्रभावित हुने भएको छ ।
जलजला गाउँपालिका–८ मा सञ्चालित जनकल्याण माविका शिक्षक गजेन्द्र रेग्मीले करिव दुई महिनाको तलब भत्ता खुवाउने समयमा गाउँपालिकाका काम अबरुद्ध भएपछि समस्यामा परेको गुनासो गर्नु भयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…