जनअधिकार जनताकै घर दैलोमा पुर्याउन नागरिक समाजको भूमिका महत्वपूर्णः प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको अधिकार जनताकै घर दैलोमा पुर्याउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने भएकाले 'स्वच्छ निर्वाचनका लागि नागरिक अभियान' मार्फत भूमिका निर्वाह गर्न लागिएको बताएका छन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख १७ गते काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
आगामी स्थानीय तहको निर्वाचनमा खटिने पर्यवेक्षकहरूको कामलाई 'डिजिटल ट्रयाक' गर्ने अध्यक्ष प्याकुरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र अर्यालले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन हुने अन्यौल रहेको अवस्थामा पनि आफूहरूको अनुगमन कार्य जारी रहने बताए ।
निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदिप पोखरेलले भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुनु पर्नेमा जोड दिँदै स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि पर्यवेक्षकहरूको प्रभावकारी भूमिका रहने बताए ।
निर्वाचनका लागि युवा साझा अभियानका लक्ष्मी निरौलाले नयाँ युवा मतदाताहरूलाई मतदानसम्म पुर्याउनका लागि अभिप्रेरित गर्ने र डिजिटल रूपमा मतदाता शिक्षालाई परिचालन गर्ने बताए ।
सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष सुवास खतिवडाले मतदाता शिक्षा कार्यक्रमलाई रेडियोमार्फत जनतासम्म पुर्याइने बताए । बहिर्गमित पूर्व लडाकु नेपालका अध्यक्ष लेनिन विष्टले पर्यवेक्षकहरूको सुरक्षाका लागि सरकारले ध्यान दिनु पर्नेमा जोड दिए ।
यसैबीच ०७३ फागुन १८ गतेदेखि जारी निर्वाचन आचार संहिता विपरीत हालसम्म अभिलेखित घटनाहरूको प्रतिवेदन पत्रकार सम्मेलनमार्फत आजै सार्वजनिक गरिएको छ । प्रतिवेदनमा १ सय ४९ ओटा घटना अभिलेख गरिएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ-"जनतालाई भयग्रस्त तुल्याउने उद्देश्यले निर्वाचन बहिष्कारको घोषणा गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल कम्युनिष्ट पार्टी सहितका कार्यकर्ताको गतिविधिले जनतामा त्रास सिर्जना गरेको छ ।"
त्यसैगरी स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले आजै एक विज्ञप्ति जारी गरी घोषित स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेको छ ।
अभियानले ठूलो मतपत्र भएका कारण मतदाता अल्मलिन सक्ने हुनाले ठूला फ्लेक्सहरूमार्फत मतदाता सचेतना चलाउन सरोकारवालाहरूलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।
तराइका दक्षिण भेगमा मतदाता, उम्मेदवारको मर्यादा, सुरक्षा र स्वतन्त्रताको स्थिति राम्रो नभएकोले यसतर्फनिर्वाचन आयोग र सरकारको ध्यान जानु जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा ०७४ वैशाख ३१ गते र जेठ ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातवरणमा सम्पन्न गर्न स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सञ्जालमार्फत अभियान सञ्चालन गरिने बताइएको छ ।
यो अभियानमा इन्सेक, नेपाल मानव अधिकार सङ्गठन, सामुदायिक रेडियो प्रशारक सङ्घ, निर्वाचन पर्यवेक्षण समिति, निर्वाचनका लागि युवा, सझा अभियान र बहिर्गमित लडाकु नेपाल संलग्न छन् । यस अभियानको सचिवालय इन्सेकमा रहेको छ ।
इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…