जथाभावी उपचार गरेको आरोपमा दुई मेडिकल सञ्चालक गिरफ्तार
अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको आरोपमा प्रहरीले ब्यास नगरपालिका–३ परासरटोलमा प्रजुन थापा मेडिकल हल सञ्चालन गर्ने ५२ वर्षीया बिष्णु कुमारी गरौजा मगर र कैलाली जिल्ला भजनी नगरपालिका–६ दौनहिया घर भई ब्यास नगरपालिका–३ अनसनचौतारीमा मित्रता स्वास्थ्य क्लिनिक सञ्चालन गरेका ४५ वर्षीय चन्द्र बहादुर चौधरीलाई ०८० असोज ११ गते व्यास नगरपालिका–३ दमौलीबाट गिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँ, ब्यास नगरपालिका, स्वास्थ्य कार्यालय तनहुँ, दमौली अस्पताल, उद्योग वाणिज्य संघ तनहुँ, जिल्ला प्रहरी कार्यालयको अनुगमन टोलीले असोज ११ गते अनुगमन गर्दा अधिकार क्षेत्र भन्दा बाहिर गई बिरामीको उपचार गरेको पाइएपछि गरौजा मगर र चौधरीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
गरौंजा मगरले प्रजुन थापा मेडिकल हलको नाममा क्लिनिक दर्ता नगरी फार्मेसीमा बिरामी जाँच गरेको तथा बिरामीलाई इन्जेक्सन मार्फत उपचार गराएको अनुगमनमा भेटिएको थियो भने चौधरीले सञ्चालन गरेको मित्रता स्वास्थ्य क्लिनिकमा डाक्टर नभएको, आफै औषधि सिफारिस गरेको, डेंगु पोजेटिभ बिरामीहरुलाई इन्जेक्सन, ट्याबलेट र एन्टिबायोटिकको माध्यमबाट उपचार गराएको भेटिएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिनु भयो ।
गिरफ्तार भएकाहरुलाई इलाजसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको डिएसपी खाँडले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…