जडीबुटी प्रशोधन केन्द्र समयमा नबन्दा उपभोक्ता मर्कामा !
केन्द्र सरकारको जडीबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा पर्दा स्थानीय नागरिकहरू मर्कामा परेका छन् । कर्णाली प्रदेशलाई जडीबुटीको हबका रूपमा विकास गरी प्रदेशमा प्रचुर मात्रामा पाइने विभिन्न प्रकारका जडीबुटीको पहिचान, सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरण गरी यहाँका स्थानीयको पहुँचमा आर्युर्वेदिक स्वास्थ्यलाई सहज बनाई आर्थिक आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य राखिए पनि समयमा काम नहुँदा त्यसबाट कर्णालीवासी वञ्चित भएका छन् ।
जटीबुटी केन्द्र नबन्दा बाहिरको औषधी खानु परेको वीरेन्द्रनगर नगरपालिका–१२ का स्थानीय मानबहादुर नेपालीले गुनासो गर्नुभयो । ‘यहाँ नै जटीबुटीको प्रशोधन हुँदा सहजरुपमा उपभोग गर्न पाइन्छ । अहिले बाहिरबाट औषधी लयाएर खान परेको छ । त्यति मात्रै नभएर कामदारहरुले काम पाउँछन् । रोजगारी सिर्जना हुन् । यो नबन्धा समग्र कर्णालीवासीले दुःख पाएका छौँ’ - उहाँले भन्नुभयो ।
सङ्घीय सरकारले कर्णाली प्रदेशलाई जडीबुटीको हब बनाउने भन्दै चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको थियो । संघीय सरकारको ससर्त अनुदानमा जुम्लामा जडीबुटी प्रशोधन केन्द्र निर्माणको योजना अघि सारिएको प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जुम्लाको पातारासी गाउँपालिका–२, गौतमबाडालाई प्रशोधन केन्द्र स्थापनाका लागि प्रस्ताव गरिएको मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सङ्घीय सरकारको ससर्त अनुदानको तीन करोड बजेटमा प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।
हालै गरिएको स्थलगत अनुगमनमा भने उक्त स्थान उपयुक्त नरहेको पाइएको छ । उक्त स्थानमा गरिएको छलफल र प्रस्तावित ठाउँको अवलोकन गर्दा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनका लागि पर्याप्त आधार नभएको पाइएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ । सरकारले प्रस्ताव गरेको स्थानमा स्थानीय नागरिकले समेत असहमति जनाएको कार्यालयका डिभिजनल वन अधिकृत भरतबहादुर बुडथापाले बताउनु भयो । उहाँका अनुसार प्रस्तावित स्थानमा प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त नरहेको छलफलका क्रममा पाइएको छ ।
कर्णालीका विभिन्न जिल्लामा निर्माण गरिएका दर्जनभन्दा बढी प्रशोधन केन्द्र अलपत्र अवस्थामा छन् । धेरै जसो निजी क्षेत्रको लगानीमा प्रशोधन केन्द्र निर्माण भएका थिए । वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहारमा बर्सौं अघि निर्माण गरिएको जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र अलपत्र परेको छ । कर्णाली प्रदेशका १० जिल्लामा पाइने जडीबुटी सङ्कलन गर्न ०६८ सालमा सुर्खेत उद्योग वाणिज्य सङ्घले केन्द्रको भवन निर्माणको काम सुरु गरिएको थियो ।
जडीबुटी सङ्कलन केन्द्रको पूर्वाधार निर्माणका लागि निजी–साझेदारी मोडेलमा काम सुरु गरिएको थियो । अहिले उक्त प्रशोधन केन्द्र अलपत्र अवस्थामा छ । डोल्पा जिल्लाको त्रिपुराकोटमा रहेको जडीबुटी प्रशोधन केन्द्रसमेत अलपत्र परेको छ । जिल्लामा पाइने जटामसी, भुल्ते, सोत्तर र बोझोलगायतका एक सयभन्दा धेरै जडीबुटी जिल्लामै प्रशोधन गरी बिक्रीवितरण गर्ने उद्देश्यले स्थापना गरिएको सो प्रशोधन केन्द्र प्रयोगविहीन बनेको हो । डिभिजन वन कार्यालय डोल्पाले अलपत्र अवस्थामा रहेका प्रशोधन केन्द्रको सञ्चालन र संरक्षण गर्ने जनाएको छ । यो वर्ष निर्माण गरिएका प्रशोधन केन्द्रको संरक्षण र नयाँ निर्माण गर्न सकिने प्रशोधन केन्द्रको अध्ययन गरिने कार्यालयका सूचना अधिकारी डायमन्ड भण्डारीले बताउनु भयो ।
कर्णालीमा १ सय ४७ जडीबुटी पाइन्छन् तर सङ्कलन र प्रशोधन केन्द्र नहुँदा ती जडीबुटीको सदुपयोग हुन सकेको छैन । बजारीकरणमा पनि सरकारले बेवास्ता गरिरहेको छ । हिमाली जिल्लाबाट सङ्कलन गरेर ल्याएको जडीबुटी स्थानीय सस्तोमै बिक्री गर्न बाध्य छन् । हिमाली जिल्लाबाट चर्को हवाई भाडा तिरेर जडीबुटी नेपालगञ्ज र सुर्खेत ल्याउनुपर्ने बाध्यता भएको सुर्खेतका कृषक चन्द्रबहादुर विसीले बताउनु भयो । जडीबुटी सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा सङ्कलन गरेर ल्याएको जडीबुटी सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती हुने उहाँको गुनासो छ ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…