जङ्गलमा बाँधेर राखिएकी महिलाको उद्धार
दुधौली नगरपालिका-८ खोरभञ्ज्या स्थित मदन भण्डारी राजमार्गमा असोज १९ गते राति हात बाँधेर राखेको अवस्थामा सिरहाको जिरो माईल घर भएकी ३५ वर्षीया सुनिता यादवको उद्धार गरिएको छ ।
मदनभण्डारी राजमार्गबाट उत्तरतर्फ १० किलोमिटर भित्री सडकमा सुनिता लडिरहेको अवस्थामा फेला परेपछि उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोबिन्दराज काफ्लेका अनुसार सुनिता काठमाडौँको किर्तिपुरमा एक छोरासहित बस्दै आएकोमा र करिब तीन सातादेखि काठमाडौँबाटै सम्पर्कविहीन हुनु भएको थियो ।
सुनिताले नै लगाउने गरेको ज्याकेटले हात बाँधेको र अचेत अवस्थामा उद्धार गरी दुधौली नगर अस्पतालमा उपचार भइरहेको एसपी काफ्लेले जानकारी दिनु भयो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुनिताको होस आएपछि उहाँको माइती परिवारलाई खबर गरिएको बताउनु भयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…