जग्गाधनी पुर्जा नहुँदा ५३ घर परिवार सम्पत्ति माथिको अधिकारबाट वञ्चित
लिसङ्खुपाखर गाउँपालिका-४, सिक्रे बजारका ५३ घर परिवारको आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा सम्पत्ति माथिको अधिकारबाट वञ्चित हुन परेको छ । जग्गा छ तर आफ्नो नाममा लालपुर्जा नहुँदा धितो बन्धकी राखेर व्यापार व्यवसाय गर्न, जग्गाको काठ पैठारी गर्न, पक्की घर निर्माण गर्नको लागि नक्सा पास गर्न लगायतको समस्या भएको स्थानीय कमल श्रेष्ठले बताउनु भयो ।
जग्गाको नापी सर्भे गर्न ०४२ सालमा नापी टोली सिक्रे बजारमा आउँदा तत्कालीन प्रधानपञ्च र कम्युनिष्टहरूबिच झडप भएपछि सो ठाउँमा नापी हुनबाट रोकिएको थियो । बहुदलीय व्यवस्था प्राप्तिपछि नापी गराउने प्रयास भए पनि प्राविधिक कारणले समस्या भएर सफल नभएको लिसङ्खुपाखर गाउँपालिका-४ का वडा अध्यक्ष भक्तलाल श्रेष्ठले बताउनु भयो ।
तत्कालीन अत्तरपुर गाविस-८ हाल लिसङ्खुपाखर गाउँपालिका-४, सिक्रे बजारमा ०७२ सालको विनासकारी भूकम्पपछि आवास पुनः निर्माणको राहत लिन त्यहाँका नागरिकहरूलाई निकै समस्या परेको थियो । ०७३ भदौ २७ गते इन्सेक अनलाइनमा “लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित” शिर्षकमा समाचार प्रकाशित भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी गोकणमणी दुवाडीले वडा मुचुल्काको आधारमा सिक्रे वासीलाई आवास राहत उपलब्ध गराउने निर्णय भएको थियो । सो निर्णयपछि त्यहाँका लालपुर्जा विहिन नागरिकहरूले भूकम्प आवास राहत प्राप्त गरेर घर पुनः निर्माण सम्पन्न गरेका थिए ।
‘पुस्तौ पुस्तादेखि भोगचलन गर्दै आएको जग्गा छ, तर सो जग्गाको आफ्नो नाममा पुर्जा नहुँदा अरु कसैको जग्गा कमाइ गरेर बसेको अनुभूति हुने रहेछ’, स्थानीय कमल श्रेष्ठले बताउनु भयो ।
जग्गा भएर पनि सो जग्गा धितो राख्न नपाइने, व्यापार व्यवसाय गर्न समस्या, जग्गाको काठ बिक्रि वितरणमा, नयाँ घरमा बिजुली जडान गर्न लगायत जग्गा बिक्रि वितरण गर्न समेत नपाएर सम्पत्ति माथिको अधिकारबाट वञ्चित हुनु परेको लिसंखुपाखर गाउँपालिका-४ का वडा अध्यक्ष भक्तलाल श्रेष्ठले बताउनु भयो ।
नेपालको संविधान २०७२ मा सम्पत्तिको हक उपभोग सम्बन्धमा सम्पत्तिसम्बन्धी छुट्टै हक धारा २५ मा व्यवस्था गरिएको छ । धारा २५ (१) मा "प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने" भन्ने व्यवस्था छ । तर लिसङ्खुपाखर गाउँपालिका-४, सिक्रे बजारका ५३ घर परिवार संविधानले तोकेको यो अधिकारबाट समेत वञ्चित भएका छन् ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…