छोरी हत्या आरोपमा आमा गिरफ्तार
सुन्दरहरैँचा नगरपालिका-७ की एक वर्षीया बालिका अर्पणा र तीन वर्षीया बालिका आयिङ्का कार्कीको भदौ १५ गते हत्या गरेको आरोपमा प्रहरीले बालिकाद्वयकी आमा २९ वर्षीया अस्मिता न्यौपानेलाई गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा र निर्माणाधीन अवस्थामा रहेको घरमा पानी नहालेको विषयमा ०८१ भदौ १४ गते ३१ वर्षीय पति अर्जुन कार्कीसँगको झगडाको रिस साँध्न दुई जना छोरीको विष सेवन गराइ हत्या गरेको आरोपमा प्रहरीले अस्मितालाई भदौ १९ गते झापाको विर्तामोडबाट गिरफ्तार गरेको हो ।
पतिपत्नीबिच ०८१ भदौ १४ गते विवाद भएपछि छोरी लिएर अस्मिता हराएको भन्दै अर्जुनले पत्नी र छोरीको खोजीका लागि भदौ १५ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएका थिए ।
सुन्दरहरैँचा नगरपालिका-७ स्थित केराघारीभित्र ०८१ भदौ १६ गते शङ्कास्पद अवस्थामा एक वर्षीया बालिका अर्पणा र तीन वर्षीया बालिका आयिङ्का कार्कीको शव फेला परेको थियो ।
घटनास्थलमा विषका बट्टा भेटिएको र आमा नभेटिएकाले प्रहरीले हत्या भएको अनुमानसहित अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।
घटनाका आरोपित अस्मितालाई झापाको विर्तामोड नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको एभरेष्ट बैङ्क नजिकबाट भदौ १९ गते अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी बस्नेतले बताउनु भयो ।
कमजोर शारिरीक अवस्थामा भेटिएकाले अस्मिताको कोशी अस्पताल विराटनगरमा भदौ १९ गतेबाट उपचार थालिएको प्रहरीले जनाएको छ ।
पत्नी र दुई जना छोरीसहित सुन्दरहरैँचा नगरपालिका-७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुनको परिवार बस्दै आएको प्रहरीले जनाएको छ ।
घरायसी विवादले उग्ररूप लिएपछि पतिसँगको रिस साँध्न दुई जना छोरीलाई आमाले मेटासिट खुवाएर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
घटनाका आरोपित अस्मिताले पति अर्जुनलाई तेरो छोरीलाई मारे, अब म पनि मर्छु भनि मोवाइलमा म्यासेज पठाएकाले घटना हत्या नै भएको प्रहरीको अनुमान छ ।
मृतक दुवै बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भदौ १७ गते पोस्टमार्टम गरिएको छ ।
पीडित पक्षले शव बुझी सोही दिन सद्गत गरेको छ ।
घटनाको प्रकृति हेर्दा विषखुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिएपनि स्वतन्त्र पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि विष सेवन गराएर हत्या गरिएको हो वा होइन खुल्ने प्रहरीको भनाइ छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
जिल्लामा स्क्रब टाइफस फैलिँदै
सल्यानमा पहिलो पटक स्क्रब टाइफसका बिरामी फैलिँएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।…
धुलिखेल–खावा सडक नबन्दा सर्वसाधरणलाई सास्ती !
धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक सम्झौताको मिति सकिएको पाँच महिना बितिसक्दा पनि निर्माण नसकिएपछि अरनिको राजमार्ग हुँदै काभ्रेपलाञ्चोककै विभिन्न स्थानीय तह, सिन्धुपाल्चोक, दोलखा र रामेछाप लगायतका जिल्लामा यात्रा गर्ने…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…