छोरी हत्याको आरोपमा बावु गिरफ्तार
महादेवपट्टी गाविस-३ की १४ वर्षीया प्रभा कुमारीको हत्या गरेको आरोपमा प्रभाका ४५ वर्यीय बावु शिव मुखियालाई भदौ २ गते प्रहरीले गिरफ्तार गरेको छ ।
स्थानीयबासीले छोरी प्रभाको भदौ १ गते राति उनकै बावुले हत्या गरेको सूचना दिएपछि प्रहरी चौकी महादेवपट्टीको टोलीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रभाको गाउँकै एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनको हत्या गरेको स्थानीयबासीले आरोप लगाएका छन् ।
आरोपितको बयानका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट इन्स्पेक्टर चक्रबहादुर शाहको नेतृत्वमा खटिएको प्रहरीको टोलीले पचरौता जङ्गलबाट भदौ २ गते बिहान प्रभाको शव फेला पारेको थियो ।
शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको डीएसपी बोगटीले जानकारी दिए ।
के.सी.लामिछाने
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…