छोरीलाई घाइते बनाएको आरोपमा बाबु गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरकी १८ वर्षीया नम्रता झाँगडलाई घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय बाबु तेजबहादुर झाँगडलाई गिरफ्तार गरेको छ ।

खाना पकाउने विषयमा विवाद भएपछि बाबुले ०८१ वैशाख ९ गते छोरीको कराहीले हिर्काएर दाँत झारिदिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

कराहीले हिर्काउँदा नम्रताको अगाडिको दाँत झरेको र पीडितको नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताउनु भयो ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


विनोद सुवेदी