छोरीको हत्या घटनाका आारोपित बुबाद्वारा आत्महत्या

  ०७९ माघ २२ गते

काठमाडौँ महानगरपालिका-१० स्थित टङ्कप्रसाद मार्गमा सात वर्षीया छोरीको ०७९ माघ २१ गते बुबाले छुरा प्रहार गरेर  हत्या गर्नुका साथै आत्महत्या गरेका छन् ।

रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका ४२  वर्षीय किशोर भण्डारीले आफ्नै सात वर्षीया छोरीको हत्यापछि आफूले झुण्डिएर आत्महत्या  गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शारीरिक रूपमा कमजोर अवस्थामा रहेकी बालिकाको उपचारमा पैसा जुटाउन नसकेपछि भण्डारीले छोरीको हत्या गरेपछि घाँटीमा पासो लगाएर आत्महत्या गरेको देखिएको बताउनुभयो ।

घटना हुनुभन्दा पहिले माघ २१ गते  नै पत्नी र ६ महिने छोरालाई काठमाडौँ महानगरपालिका-३१ पेप्सिकोलास्थित आफन्तको घरमा पठाएका थिए । पत्नी र नाबालक छोरालाई आफन्तको घरमा पठाएपछि भण्डारीले आफ्नो डेरा कोठामा  पहिला छोरीको हत्या गरेरपछि आफूले पासो लगाएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको  मैनालीले बताउनुभयो ।

एसपी मैनालीलेका अनुसार आफन्तको घरबाट मृतक भण्डारीकी पत्नी २१ गते बेलुा डेरा  फर्किएपछि  भित्रबाट  लगाईएको कोठाको ढोका लामो समयसम्म नखुलेपछि छिमेकी सहितको सहयोगमा खोलेर हेर्दा कोठा भित्र भण्डारी र उनकी छोरीको शव फेला परेपछि घटनाबारे  छिमेकीले प्रहरी वृत्त नयाँ बानेश्वरमा खबर गरेका थिए ।

प्रहरीले घटनास्थलबाट आत्महत्या गरेका भनिएका किशोर भण्डारीले छोरी र आफ्नो पारिवारिक अवस्थाका बारेमा लेखेको सुसाइड नोट पनि फेला पारेको र घटनाका विषयमा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको एसपी मैनालीले जानकारी दिनुभयो  ।


विमल पौडेल