छोरीको हत्या गरी आमाद्वारा आत्महत्या

मुगु जिल्ला घर भई हालद महाँकाल गाउँपालिका–४, कालेश्वर बस्दै आएकी २१ महिनाकी छोरी राधिका शर्मालाई झुण्ड्याएर हत्या गरी २९ वर्षीया ज्ञानी शर्माले ०७६ जेठ २२ गते आत्महत्या गरेकी छिन ।

भारत माइती भइ मुगु जिल्लाका रामु शर्मासँग विवाह गरेकी शर्मा ६ महिनादेखि कालेश्वरमा बस्दै आएकी थिइन् ।

शर्माका पति रामु २ महिना अघिदेखि अर्कै महिला लिएर सम्पर्कमा नआएपछि ज्ञानीले निराशभावका कुरा गर्ने गरेको स्थानीयले बताएका छन् ।

उनले ०७६ जेठ २२ गते बिहान पनि कालेश्वरस्थित बतासेडाँडामा बसेर मोबाइल फोनबाट निराशाका कुरा गरेको सुनेको स्थानीयलाई उद्घृत गर्दै महानगरीय प्रहरी बृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए ।

मृतकका पति रामु शर्मा मुगुबाट महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुरका प्रहरीको सम्पर्कमा आएको डिएसपी खिउजुले बताए ।

स्थानीय जनप्रतिनिधि र भद्रभलाद्मीको रोहबरमा मुचुल्का गरी मृतकद्वयको शव जेठ २३ गते पाटन अस्पतालमा ल्याइएको छ । शवको पोष्टमार्टम गर्न बाँकी रहेको प्रहरीले जनायो ।


दीपकप्रसाद घिमिरे