छोरीकाे हत्या गरेको आरोपमा तीन वर्ष कैद सजायको फैसला
११ वर्षीया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना सजाय तोकेको छ ।
जिल्ला अदादलका न्यायधिश हरिश्चन्द्र ढुङ्गानाको ०८० साउन १७ गतेको इजलासले सो मुद्दामा अन्तिम आदेश गर्दै सजाय निर्धारण गरेको जिल्ला अदालतका फाँटवाला सुन्दर तिवारीले जानकारी दिनु भयो ।
सुष्माले २०७७ माघ १९ गते दिउँसो आवुँखैरेनी गाउँपालिका–२ खानिखोला स्थित न्यु लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफुले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारकोलागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा लगेकोमा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो ।
सुष्माको भने उपचार पश्चात निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले २०७७ माघ २५ गते सुष्मा विरूद्ध जाहेरी दिएपछि सुष्मालाई प्रहरीले २०७८ साउन ३० गते गिरफ्तार गरेको थियो ।
सुस्मा विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ १६ गते जिल्ला अदालतमा हत्या सम्बन्धी मुद्दा दर्ता गरेको थियो । सुष्मालाई भदौ १८ गते देखी तनहुँ जिल्लामा पुर्पक्षको लागि कारागारमा राखिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…