छोराछोरीमाथि एसिड प्रहार घटनाका आरोपित गिरफ्तार
सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय सुरज बराइली र १५ वर्षीया बालिका सुजिता बराइलीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बाबु मोहन बराइलीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले मङ्सिर ६ गते राति मादक पदार्थ सेवन गरी छोराछोरीलाई एसिड प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
एसिड प्रहारबाट मोहनको घाँटीमा र सुजीताको हातमा चोट लागेको छ ।
घाइतेद्वयको जिल्ला अस्पतालमा फाप्लुमा उपचार हुन नसकेपछि थप उपचार वीर अस्पताल काठमाण्डौँमा भइ रहेको छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…