छोराको हत्या आरोपमा आमा गिरफ्तार
पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिकाकी २५ वर्षीया महिलालाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।
बालकलाई आरोपितले वैशाख ११ गते हत्या गरी शवलाई पलङ्गमा लुकाई राखेकाले कारवाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा वैशाख १२ गते उजुरी दिएको मृतकका बुबाले बताए ।
शवको पोष्टमार्टम लहानस्थित प्रादेशिक अस्पतालमा वैशाख १२ गते गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिनु भयो ।
डिएसपी सोतीले भन्नु भयो-'स्थानीयहरूले वैशाख ११ गते आरोपितका छोरालाई बिहानदेखि नै नदेखेको र आरोपित समेत घर छाडी भाग्न खोजेको भन्दै प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालयले आरोपितलाई नियन्त्रणमा लिएको हो ।'
खोजतलास गर्दा बालकको शव पलङ भित्र लुकाई राखेको अवस्थामा भेटाएको र शवमा घाउ चोट समेत देखिएकोले अनुसन्धानका लागि आरोपितलाई गरफ्तार गरेको डिएसपी सोतीले बताउनु भयो ।
आरोपित महिला पतिसँग अलग भई छोरालाई साथमा लिएर बस्दै आइरहेको स्रथानीयले बताएको उल्लेख गर्दै डिएसपी सोतीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…