छुवाछुत तथा दुर्व्यवहार घटनाका फरार आरोपित गिरफत्तार

  ०८० पुस २९ गते

छुवाछुत तथा दुर्व्यवहार घटनामा दोषी ठहर भई फरार रहेका कलैया उपमहानगरपालिका-१७ ब्रमपुरीका ४७ वर्षीय राजेन्द्र प्रसाद तेली, १८ वर्षीय सुनिल कुमार साह र ४० वर्षीय गजेन्द्र साह तेलीलाई  जिल्ला प्रहरी कार्यालय बाराले ०८० पुस २६ गते गिरफत्तार गरेकाे छ ।

आरोपितहरुले ०७५ मङ्सिर २३ गते आफ्नै गाउँका ३५ वर्षाीया मन्तुर देवी रामलाई दलित तल्लो जातको भनि दुर्व्यवहार गर्नुका साथै कुटपिट र गालीगलैज समेत गरेकाे भन्दै पीडितले साेही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएकाे थियाे । चैत २७ गते जिल्ला अदालत बारामा आराेपित विरुद्द अभियाेग पत्र दायस भयाे ।

न्यायधिश खिलनाथ रेग्मीको ०७६ माघ २० गतेको इजलासले आरोपितहरुलाई कसुर ठहर गर्दै जनही १ महिना कैद र ५ सय रुपियाँ जरिवानाकाे फैसला सुनाएकाे थियाे ।


धिरेन्द्र प्रसाद बरै