छुवाछुत घटनाका दोषीलाई क्षतिपूर्ति र जरिबानाको फैसला
माइ नगरपालिका–२ का ५२ वर्षीय चन्द्रप्रसाद आचार्यको मृत्यु हुँदा दलितसँग बिवाह गरेको आरोपमा छोरीलाई अन्तिम संस्कारमा प्रवेश नदिनेविरूद्ध जिल्ला अदालतले पुस ७ गते क्षतिपूर्ति र जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश हरिशचन्द्र इङ्गनामको पुस ७ गतेको आदेशले दोषीहरूलाई जनही ५ हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी ४५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार फणिन्द्र भट्टराईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितले ०७७ साउन २० गते मृत्यु भएका आफ्ना बाबुको अन्तिम संस्कारमा प्रवेश नदिइएको भन्दै माइ नगरपालिका–२ की २७ वर्षीया यामकला आचार्य (विश्वकर्मा) ले माइ नगरपालिका–२ का २५ वर्षीय टीकाराम आचार्य, ३५ वर्षीया पार्वता आचार्य(दङ्गाल) र ४५ वर्षीया लक्ष्मी दङ्गाल विरूद्ध भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले भदौ ५ गते आरोपितहरूलाई गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।
आरोपितविरूद्ध जिल्ला अदालतले भदौ १५ गते ५० हजार रुपियाँ धरौटी माग गरी तारेखमा रिहा गरेको थियो ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…