छिमेकी महिलालाई एसिड र चक्कु प्रहार, आरोपित गिरफ्तार

  ०७५ असोज ९ गते

कावासोती नगरपालिका-१६ डण्डामा ३० वर्षीया बसन्ती परियारलाई सोही ठाउँका ३६ वर्षीय विमल श्रीपालीले असोज ८ गते एसिड र चक्कुप्रहार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले असोज ८ गते राति एसिड र चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी लिलाराज लामिछानेले बताए ।

विमलले बसन्तीलाई एसिड छ्यापेर र तीनपटक सम्म चक्कु प्रहार गरेको डिएसपी लामिछानेले बताए । एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तीको उपचार चितवन मेडिकल कलेज, भरतपुर चितवनमा भइरहेको छ ।

बसन्तीमाथि एसिड र चक्कु प्रहार गरेको आरोपमा प्रहरीले विमल श्रीपालीलाई असोज ८ गते राति नै गिरफ्तार गरेको छ ।


तिर्थराज डुम्रे