छिटफूट झडपबाहेक निर्वाचनको प्रचारप्रसार शान्तिपूर्ण
स्थानीय तहको दोस्रो चरणका लागि असार ४ गते देशका ३५ जिल्लामा उम्मेदवारी दर्ता भएपछि हिजैबाट प्रचार अभियानलाई तीव्रता दिइएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका अनुसार प्रदेश नम्बर पाँचका बाँके, प्यूठान र बर्दियामा प्रचार अभियान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ ।
बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी सम्बन्धमा असार ५ गते नेपालगञ्जमा सुरक्षा प्रमुखसँग बैठक सम्पन्न भएको छ । बाँके र बर्दियाका सुरक्षा प्रमुखको सहभागिता रहेको सुरक्षा गोष्ठीमा गृहमन्त्री जनार्दन शर्माले जनताले ढुक्कका साथ मताधिकार प्रयोग गर्न पाउनु पर्ने बताए । मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिए ।
बैजनाथ गाउँपालिकाको वनकटवामा एमाले र माओवादी केन्द्रबीच असार ४ गते भएको झडपमा नेपाल प्रहरीका सई विश्वजीत केसी र प्रहरी जवान प्रेमबहादुर विक घाइते भएका छन् । घाइते दुबैको कोहलपुर मेडिकल कलेजमा उपचार भएको प्रहरीले जनाएको छ ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार असार ५ गते जिल्लामा क्रियाशील राजनीतिक दलले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रचारलाई तीव्रता दिएका छन् । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले असार ५ गतेसम्म आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी नपरेको बताए ।
बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहको दोस्रो निर्वाचनका लागि परेका उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ । बर्दिया जिल्लाका ६ ओटा नगरपालिका र दुई गाउँपालिकामा मनोनयन दर्ता भएकोमा असार ५ गते दावी विरोध नपरेको निर्वाचन आयोगको कार्यालय बर्दियाले जानकारी दिएको छ ।
इन्सेक क्षेत्रीय कार्यालय पोखराका अनुसार नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पामा प्रचार अभियान शान्तिपूर्ण रूपमा भइरहेको छ ।
नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्लामा असार ५ गतेको अवस्था सामान्य रहेको छ । यद्यपी आज बिहान पाल्ही नन्दन गाउँपालिका-४ हरपुर अन्तर्गत परासी-महेशपुर सडक खण्डमा विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीले सो बम निष्क्रिय बनाएको थियो ।
अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका असार १४ गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्तापछि राजनीतिक दलहरूले थप उत्साहपूर्वक आ-आफ्ना गतिविधिहरू सञ्चालन गर्दै प्रचारप्रसार गरिरहेका छन् ।
उम्मेदवारी दर्तापछि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले आफ्नो काम अगाडि बढाइरहेको जानकारी दिएको छ । उम्मेदवारी दर्तासँगै जिल्लाको सुरक्षा अवस्थालाई मजवुत बनाइएको जिल्ला प्रशासन कार्यालयले जनकारी दिएको छ । जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटनाका नभएको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्बन्धित गतिविधिहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदिपकुमार डिसीले जानकारी दिए ।
उम्मेदवारी दर्ताको दिन भुमिकास्थान नगरपालिकाका मुख्य राजनीतिक दलहरू, काङग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ ।
निर्वाचन आचारसंहिता अुनसार उम्मेदवारको लागि निर्धारण गरिएको सवारी साधन भन्दा बढी सवारी साधन प्रयोग गरी दलहरूले कार्यकर्ता ओसारपसार गरेका थिए । सबै पार्टीले निर्वाचन अधिकृतको कार्यालय भन्दा १० मिटर नजिक नाराजुलुस, र निर्वाचन आचारंहिता विपरीत विभिन्न राजनीतिक दलको चुनाव चिन्ह अङ्कित टोपी र टिसर्ट प्रयोग गरेका थिए ।
यसैगरी कपिलवस्तु, रूपन्देही, गुल्मी, पाल्पा जिल्ला प्रतिनिधिका अनुसार ति जिल्लाको अवस्था सामान्य रहेको छ । असार ४ गते उम्मेदवारी दर्ता गरेका राजनीतिक दलका प्रतिनिधिहरूले उत्साहपुर्ण रूपमा निर्वाचन प्रचारप्रसार कार्यक्रम गरिरहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…